Logo

नेपाल रेडक्रस सोसाइटी मधुवन ख उपशाखाको सभापतिमा केसी निर्वाचित

Online Halkhabar २२ फाल्गुन २०७८, आईतवार ०८:२८ मा प्रकाशित

फाल्गुन २१ गते/ अनलाइन हालखवर
नेपाल रेडक्रस सोसाईटी मधुवन शाखा ख सानोश्री उपशाखाको निर्वाचन सम्पन्न भएको छ । सभापती पदमा नेपाली काङ्ग्रेसका वडा सभापति पदम बहादुर भाट र नेपाली काङ्ग्रेसकै क्षेत्रीय सचिब अमर बहादुर केसी विच आन्तरिक निर्वाचन भएको थियो ।
निर्वाचन वाट अम्मर बहादुर केसीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छन् । अधिबेशनबाट केसीले २ सय ९८ मत प्राप्त गरी आफ्ना प्रतिद्धन्दी पदम वहादुर भाटलाई ६४ मतले पछि पार्दै बिजयी हुनुभएको छ भने उनका प्रतिद्धन्दी पदम बहादुर भाटले २ सय ३४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपसभापतिमा तेजुमाया बानियाले २ सय ८८ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने उनका प्रतिद्धन्दी राधिका बोहोराले २ सय ७ मत प्राप्त गनुभएको छ । सचिवमा हरी बहादुर सुनारले २ सय ५७ उनका प्रतिद्धन्दी तारा बहादुर थापाले २ सय ४० मत, कोपाध्यक्षमा दिल्ली लामिछानेले ३ सय ५९ मत प्राप्त गरी भारी मतको अन्तरमा विजयी हुनुभएको छ । उनका प्रतिदन्द्धी हिरालाल भाटले १ सय २५ मत प्राप्त गर्नुभयो ।
उपसचिवमा बसन्ती के.सीले २ सय ७७ र मोति लामिछानेले १ सय ९४ मत प्राप्त गर्नुभएको हो ।सह कोषाध्यक्षमा भने दिपा ढुङ्गाना निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा रेशम बहादुर चन्द, ओम बहादुर सार्की, टंक प्रसाद पौडेल, खगेन्द्र प्रसाद खनाल र निर्मला गिरी निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न निर्वाचनवाट वाट नेकपा एमाले र नेपाली काङगे्रसको सयुक्त प्यानल विजयी भएको छ । चुनावका परिणाम जे जस्तो आएपनि सभापति पदमा पाटी भित्रको आन्तरिक प्रतिस्पर्धाले कार्यकर्ताहरु मनमुटाव देखिएको छ । पाटिभित्र नेतृत्वले दुवै जनालाई मिलाएर लग्न नसक्नु पाटिको ठुलो कम्जोरी भएको र यसले स्थानिय निर्वाचनमा समेत असर गर्न सक्ने भन्दै कार्यकर्ताहरुले असन्तुष्ट व्यक्त गरेका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?