
बर्दिया असार १८ गते
सामाजिक विकास डिभिजन कार्यालय वाकेले वाके र बर्दियामा उत्कृष्ट विद्यालय तथा उत्कृष्ट शिक्षक छनौट गरेको छ । सामाजिक विकास डिभिजन कार्यालय वाकेको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बाकेँ र बर्दिया जिल्लामा रहेका सामुदायिक विद्यालयहरु वाट उत्कृष्ट विद्यालय तथा उत्कृष्ट शिक्षक छनौट गरेको हो । वर्दियाका ८ ओटै पालिकावाट सिफारिस भएका विद्यालय मध्ये मधुवन नगरपालिका वडा नं ४ मा रहेको श्री नेपाल राष्टिय नमुना मावि ढोढरी बर्दियाकै उत्कृष्ट विद्यालयमा छनौट भएको छ ।
त्यस्तै , बर्दियाका प्रत्येक पालिकावाट ३ जनाका दरले उत्कृष्ट शिक्षक छनौट भएका छन । मधुवन नगरपालिका वाट मधुवन नगरपालिका वडा नं ४ मा रहेको श्री नेपाल राष्टिय नमूना मावि ढोढरीका प्रधानाध्यापक पुर्ण चन्द्र पोखरेल, श्री गुराँस नमुना माविका पुर्व प्रधानाध्यापक केशव पौडेल र शुक्र मावि तारातालका प्रधानाध्यापक एलिजा जि.सी उत्कृष्ट शिक्षकमा छनौट भएका छन् । उत्कृष्ट विद्यालयलाई २ लाख ५० हजार र उत्कृष्ट शिक्षकहरुलाई जनही १० हजारका दरले पुररुषकार प्रदान गरिने सामाजिक विकास डिभिजन कार्यालय वाकेले जनाएको छ ।
कुन कुन विद्यालका शिक्षक छनौटमा परे यो हेर्नुहोस ।.