Logo

नगर प्रमुख भाटले अनाथ बालवालिकालाई फलफूल वितरण गरी मनाए जन्मदिन

Online Halkhabar १७ श्रावण २०७९, मंगलवार १३:२५ मा प्रकाशित

नगर प्रमुख खाध्यान्न सहयोग गर्दै

विनोद चन्द
श्रावण १७ गते

मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाटले आफ्नो जन्म दिन विद्यालयमा मनाउनु भएको छ । आज उहाँले आफ्नो जन्मदिनको अवसरमा सरस्वती आधारभुत विद्यालय मधुवन १ पथ्थरवोझीमा अध्यनरत असाहाय अनाथ तथा अभिभावक विहिन आवासिय वालवालिकालाई फलफूल तथा खाध्यान्न वितरण गरी जन्मदिन मनाउनु भएको छ । सोही अवसरमा विद्यालय परिसरमा स्वामीको विरुवा समेत रोप्नु भएको हो ।


जन्मोत्सव कार्यमा वोल्दै नगर प्रमुख भाटले आफुले असाहाय अनाथ तथा अभिभावक विहिन आवासिय वालवालिकालाई आफ्नो व्याक्तिगत सानो सहयोग गर्न र साथमा जन्मदिन मनाउन पाउदा आफुलाई अत्यन्तै खुसी अनुभुति भएमो बताउनु भयो ।


त्यस्तै विद्यालयका प्रधानाध्यापक घनराज खत्रीले वि.स २०७५ साल देखी अति विपन्न जसका आमावुवा गुमाएका १० जना वाट सुरु गरेकोे अभियानमा पुर्व नगरप्रमुख गणेश वहादुर क्षेत्रीको सहयोगका कारण अहिले ४५ जना छात्र छात्राहरुलाई पुर्णरुपमा आवसिय सहित पढाउदै आएको वताउनु भयो । पुर्णरुपमा पठनपाठन गराउदै आएपनि यसको व्यवस्थापन गर्न संवेदनशिल र जटिल भएको खत्रीले वताउनु भयो । खत्रीले मधुवन सरकार , सहयोगी दाता, व्यापारीहरुले सहयोग गर्दै आएको वताउनु भयो ।
विद्यालयमा कक्षा कोठा र सुविधा सम्पन्न शौचालयको आवश्यकता भएकाले नगरले थप व्यवस्थापनमा योजना बनाएर अगाडी बढ्ने कुरामा आफु विश्वस्त भएको वताउनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?