Logo

कक्षा ११ को अनुमतीसँगै भृकुटी मावि मधुवनमा कानुन संकायमा भर्ना खुल्यो

Online Halkhabar २ भाद्र २०७८, बुधबार १३:०१ मा प्रकाशित

विनोद चन्द , भदौ २ गते
बर्दियाको मधुवन नगरपालिका ५ मा रहेको श्री भृकुटी माध्यामिक विद्यालयले यस वर्ष देखि ११ कक्षासम्म संचालनको अनुमती पाएको छ । वुधवार आयोजित सरोकारवाला सगँको अन्तरक्रिया कार्यक्रममा वोल्दै विद्यालयका प्रधानाध्यापक श्रीराम पौडेलले मधुवनमा सञ्चालित विद्यालयहरुमध्ये स्थानिय स्तरमा पहिलो पटक भृकुटी मावीले कानुन विषय पढाउने तयारी गरीरहेको बताउँदै पौडेलले आफ्नो बिद्यालयले दिने शिक्षाको गुणस्तरमा शंका नगर्न सवैमा आग्रह समेत गर्नुभएको छ । अनुमती प्राप्त भएसँगै विद्यालयमा कक्षा ११ का लागि भर्ना समेत खुल्ला गरीएको पौडेले बताउनु भयो ।


त्यस्तै कार्यक्रमा वोल्दै नेरा नमुना मावि ढोढरीका प्र.अ पुर्णचन्द्र पोखरेलले मधुवनमा यस विद्यालयले फरक धारको शिक्षा सञ्चालन गर्न लागेकाले सफलताको शुभकामना दिदै थोरै खर्चमा घर नजिकै अध्यन गर्न पाउनु व्ध्यिार्थीहरुका लागी सुनौलो अवसर भएकाले ढुक्कका साथ भर्ना हुन समेत आग्रह गर्नुभयो । पोखरेलले विद्यालयलाई आगामी दिनमा सवैको विश्वास र मन जितेर अगाडी वढ्न सुझाव दिनु भयो ।
त्यस्तै कार्यक्रममा वडा नं ५ का वडा अध्यक्षले प्र.अ, शिक्षक तथा अभिभावकहरुको अथक मिहेनतले विद्यालयमा शैक्षिक सुधार हुदै आएको र बिद्यालयको शैक्षिक गतिविधिमा आफु सन्तुष्ट रहेको बताउदै आफुले वडा वाट गर्ने सहयोग पुर्ण रुपमा गर्दै आएको र गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम वुद्धिजिवि, समाजसेवि, शिक्षाप्रेमी, राजनितिक दलका प्रतिनिधि लगाएको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?