
भदौ ५ गते
एकिकृत अखिल नेपाल शिक्षक संगठन मधुवनको नगर कमिटीको नगर अधिवेशन सम्पन्न भएको छ । मधुवन नगरपालिका वडा नं १ सुर्यपटुवामा शनिवार सम्पन्न अधिवेसन वाट कासीराम लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ नगरकमिटी चयन गरिएको छ । जसमा उपाध्यक्षमा कान्छु चौधरी, सचिवमा विनोद चन्द, अर्थ सचिवमा माया चौधरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा श्रीराम पौडेल, भविन्द्र गुरुङ, नरेश मल्ल, रेशम तिवारी, सन्तोली चौधरी, पुरन थारु, भिम वहादुर चौधरी, सुधा चौधरी र तिलक वि.क सर्वसम्मत निवार्चित भएका छन् । अधिवेसनमा सेवा निवृत भएका शिक्षक मधुवनमा कार्यरत विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरुलाई सम्मान गरिएको थियो । साथै नव प्रवेशी शिक्षकहरुलाई स्वागत समेत गरिएको थियो ।
लोकप्रिय समाचार